Skip to content

भिमसेन थापा गाँउपालिकामा स्वास्थ्य शिविर सम्पन्न : शिविरबाट ८०० जना लाभान्बित

गोरखा। भिमसेन थापा गाँउपालिकाको खान्चोकमा भएको निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले सेवा लिएका छन् । भिमसेन थापा गाँउपालिका–१ को खान्चोक बजारमा रहेको स्वास्थ्य चौकीमा भएको शिविरबाट ७९३ जनाले सेवा लिएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

भिमसेनथापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको सहकार्यमा सञ्चालित शिविर गएको पौष २३ गतेदेखी २५ गतेसम्म सञ्चालनमा आएको थियो । शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीबाटहरुले स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरेको प्रमुख खनालले बताउनुभयो।

शिविरमा छाला, हाडजोर्नी तथा नसा, अकुपंचर, हात खुट्टामा खिल पल्टेको, कोठी पलाएको, शरिरमा आएको मुसा लगायतका जाँच तथा निःशुल्क उपचार सेवा प्रदान गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर