Skip to content

प्रचुर सम्भावनाको क्षेत्रमध्ये खेलकुद पनि एक होः प्रधानमन्त्री

पुस २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ।शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले राम्रो नतिजा निकालेको भन्दै खेलकुदमा राम्रो सम्भावना भएको बताउनुभएको हो।प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले भन्दै आएको छु– नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो। देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरू छन्। तर, त्यसमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र खेलकुद नै हो। पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले पनि मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु।’’उहाँले भन्नुभयो, ‘‘वादोरियोले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरू राम्रो नजिता हात पारेका छन्, महत्वपूर्ण पदकहरू जितेका छन्। त्यसैगरि नेपालले ९ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना गरिसकेको छ। यो हाम्रा निम्ति खुसी र गौरवको विषय पनि हो।’’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर